
जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य उल्लेख्य सुधार आएको छ ।
आज बिहान स्थानीय समयअनुसार १०ः१५ बजेको अपडेटअनुसार आज पहिलो पटक दोहोरो संवाद गरेको भण्डारीका पूर्व स्वकीय एवं लेक्चरर माधव न्यौपानेले अस्पतालबाट जानकारी दिनुभयो ।
उहाँका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । कल्चर रिपोर्ट आज आउँदैछ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । त्यस्तै सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ ।
यसअघि ग्यास लिक भएर आगलागीमा परी ३० प्रतिशतसम्म शरीर जलेका डा। भण्डारीलाई कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । त्यस्तै हातको जलेको भागले पनि काम गर्न थालेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

