
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवस मनाउनका लागि मूल समारोह समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले मुख्य सचिव शंकरदास वैरागीका नेतृत्वमा मूल समारोह समिति गठन गरेको हो ।
समितिको सह—संयोजमा सचिव देवकुमारी गुरागाईँ र स्वास्थ्य सचिव डा. रोशन पोखरेल रहनुभएको छ । समितिको सदस्यमा अतिरिक्त सचिव, महानिर्देशक, महाशाखा प्रमुख केन्द्रीय अस्पतालका प्रमुख, निर्देशक, कार्यालय प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू र प्रमुख स्वास्थ्य समन्वय महाशाखा रहनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव सदस्य सचिव रहने छन् ।
यस्तै कार्यक्रम व्यवस्थापन समितिमा संयोजकमा स्वास्थ्य सेवा विभागको महानिर्देशक दिपेन्द्ररण सिहंलाई तोकिएको छ । कार्यक्रम व्यवस्थापन समितिको सदस्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक र औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत रहने छन् ।
‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउनका लागिएको हो ।
फागुन १४ गते आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योगा कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य क्षेत्रका राष्ट्रिय स्तरका टे«ड युनियनहरूको सहयोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यही फागुन १४ गते रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य सेवा दिवस १५ फागुन बिहान साढे ८ देखि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा मूल समारोह कार्यक्रम आयोजना गरिने भएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
