
जनस्वास्थ्य सरोकार, जाजरकोट । सार्वजनिक बिदा तथा अतिरिक्त समयमा काम गरेबापत पाउनुपर्ने सेवा शुल्क नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले गुनासो पोखेका छन् ।
दुई बर्ष देखि अहिले सम्म सेवा शुल्क नपाएपछि सेवा प्रवाहमा पनि समस्या परेको सिनियर अनमी छैटौँ गंगा रेग्मीले बताउनुभयो ।
परिवार र आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवा गर्दा पनि सुविधा नपाउँदा काम गर्ने जोश जाँगर हराएको छ’– उहाँ थप्नुहुन्छ– ‘हाल स्वास्थ्य सेवा कार्यालयमा ८० जना स्वास्थ्यकर्मी र चिकित्सकहरू कार्यरत हुनुहुन्छ । उहाँहरुले दुई वर्षदेखि कुनै पनि सेवा शुल्क पाउनुभएको छैन ।’
अस्पताल प्रशासन लाई पटक पटक आग्रह गर्दा पनि आश्वासन मात्र दिएको उहाँले बताउनुभयो । कर्मचारीलाई प्रोत्साहन गर्नुको साटो अस्पताल प्रशासनले बेवास्ता गरेको स्वास्थ्यकर्मीहरुको आरोप छ ।
उता अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले बजेटको अभावमा सेवा सुविधा दिन नसकिएको बताउनुभएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

