
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभएको छ ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा. कार्कीले जनताको स्वास्थ्य, दैनिकी र जिविकोपार्जनतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
‘हामी समाजवाद भनेर कहिल्यै थाक्दैनौं । तर, समाजवाद भन्दा फरक व्यवहार र पद्धतिको विकास गरिरहेका छौं । हाम्रो सार्वजनिक स्वास्थ्य संस्थाको अवस्थालाई हेरेमात्रै हामी नेतृत्व कति उदासिन छौं भन्ने कुरा प्रष्ट हुन्छ ।’ –उहाँले भन्नुभयो–‘नेपाल सरकारले ल्याएको लोकप्रिय कार्यक्रम स्वास्थ्य विमा बन्द हुने अवस्थामा पुगेको छ । स्वास्थ्य विमा बोर्डका अध्यक्षले हालसालै मात्र राजीनामा दिनुभएको छ । अहिलेको स्वास्थ्य विमाको मोडल त्यसको मुख्यकारण हो । ’
साथै, अहिले लोकतान्त्रिक र समाजवादी स्वास्थ्य विमाको मोडल आवश्यक रहेको उहाँको भनाई छ । उक्त मोडल व्यवस्थापनका लागि समतामूलक अवधारण आवश्यक रहेको उहाँले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

