जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको हात्तिगौडाका महिला तथा एकल महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समुहद्वारा निःशुल्क स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

समूहले आफ्नो २९ औँ स्थापना दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटलको सहकार्यमा क्यान्सर परीक्षण कार्यक्रम गरिएको थियो ।
संस्थाकी पूर्व अध्यक्ष एवं मानव अधिकार अभियन्ता लिली थापाले एकल महिलाहरुको स्वास्थ्य अधिकारको पहुँज विस्तार गर्न राजधानीका केही अस्पतालहरुमा समन्वय भएको उल्लेख गर्दै ‘सम्बन्धित अस्पतालहरुले जटिल प्रकारको उपचारहरुमा निश्चित रकम छुट गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वि.सं. २०५२ सालमा स्थापना भएको संस्था एकल (विधवा) महिलाका हक—अधिकार तथा सशक्तीकरणका लागि वकालत गर्ने गैह्र—सरकारी सामाजिक संस्था हो ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
