जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको हात्तिगौडाका महिला तथा एकल महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समुहद्वारा निःशुल्क स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

समूहले आफ्नो २९ औँ स्थापना दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटलको सहकार्यमा क्यान्सर परीक्षण कार्यक्रम गरिएको थियो ।
संस्थाकी पूर्व अध्यक्ष एवं मानव अधिकार अभियन्ता लिली थापाले एकल महिलाहरुको स्वास्थ्य अधिकारको पहुँज विस्तार गर्न राजधानीका केही अस्पतालहरुमा समन्वय भएको उल्लेख गर्दै ‘सम्बन्धित अस्पतालहरुले जटिल प्रकारको उपचारहरुमा निश्चित रकम छुट गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वि.सं. २०५२ सालमा स्थापना भएको संस्था एकल (विधवा) महिलाका हक—अधिकार तथा सशक्तीकरणका लागि वकालत गर्ने गैह्र—सरकारी सामाजिक संस्था हो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
