
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट डा. प्रकाश क्षेत्रीलाई सम्मानित गरेको छ।
मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सल्ट्यान्ट सर्जन डा. क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरेको हो ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै डा. क्षेत्रीलाई पुरस्कृत गरेको हो । उक्त पुरस्कारको राशी १ लाख रूपैयाँ रहेको छ।
त्यसैगरी दिवसकै अवसर पारेर अन्य चार जना स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । पुरस्कार पाउनेमा नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्र प्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा पोमावती थापा हुनुहुन्छ ।
उहाँहरुलाई जनही ५० हजार रूपैयाँ र ताम्रपत्र पुरस्कार स्वरूप प्रदान गरिएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

