
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज (सोमबार) नेपालमा विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय सभागृहमा विविध कार्याक्रको आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाइँदै छ ।
संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रम आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो।
दिवसका अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान दिएका कर्मचारीहरुलाई विशेष सम्मान गरिएको छ। यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने रहेको छ।
संघमा मूख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा स्वास्थ्य सचिवहरु देव कुमारी गुरागाईं, डा रोशन पोखरेल, सबै अतिरिक्त सचिव, महानिर्देशक महाशाखा प्रमुख र केन्द्रीय अस्पतालका प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू रहेको मूल समारोह समिति गठन गरिएको छ।
यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक संयोजक रहने गरी कार्यक्रम व्यवस्थापन समिति पनि गठन गरिएको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

