
जनस्वास्थ्य सरोकार, काठमाडौँ । एक दिन बिराई स्वास्थ्य संस्थामा जाने अर्जुनचौपारी गाउँपालिका–२, केवरेकी ८४ वर्षीया द्रुपती केसीको बाध्यता अहिले हटेको छ।
उच्च रक्तचाप र दमको बिरामी केसीलाई बुढेसकालमा उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी खटाएपछि हटेको हो। पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमा स्वास्थ्योपचार कार्यक्रम बढाएपछि केसीजस्ता सयौँ नागरिकले घरमै बसेर आफ्नो स्वास्थ्य जाँच गराउन पाएका हुन्। पहिला अत्यधिक रूपमा बिरामीले च्यापेपछि मात्र स्वास्थ्य संस्थामा जाने गरेको बताउँदै केसीले पालिकाले गरेको अभियानले ज्येष्ठ नागरिकलाई सहज भएको बताउनुभयो।
केसीजस्तै वडा नं। ६ का दमकै रोगी ७२ वर्षीय चेते खड्काले औषधि ल्याउनकै लागि पनि स्वास्थ्य संस्था जानुपर्ने बाध्यता रहेको बताउँदै अहिले स्वास्थ्यकर्मी घरमै आएर परामर्श दिएकाले आफूलाई सहज भएको बताउनुभयो। उहाँले पलिकाको ज्येष्ठ नागरिक स्वास्थ्य स्याहारले हेरचाह कसले गरिदेला भन्ने चिन्ता हटेको बताउनुभयो।
खड्का र केसीजस्तै ४७ वर्षीय वेदप्रसाद पौडेलले शारीरिक रूपमा अशक्तताका कारण पालिकाले घरमै उपचार गरिदिएकोमा खुसी व्यक्त गर्नुभयो।
घरका अन्य सदस्यका लागि नियमित औषधि उपचार गर्नुपर्दा आफू बोझ बनेको बताउँदै पौडेलले स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता मात्र होइन, गाउँघरमा हुने विभेदमा पनि कमी भएको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

