
जनस्वास्थ्य सरोकार, चौतारा । उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन।
एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो। तर आयुर्वेद उपचारमार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना गरेको स्थानीयस्तरका पत्रकारसँग आयुर्वेद सेवाको प्रवर्द्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेद उपचारमा चेतना विस्तार आवश्यक रहेको बताउनुभयो ।
आयुर्वेदिक औषधिको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधि र यसमा संलग्नले प्रचारप्रसार गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराका अध्यक्ष कमल अधिकारीले कृत्रिम औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले जिल्लामा रहेका महत्त्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अञ्जु कार्कीले केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, श्वासप्रश्वाससम्बन्धी उपचार हुँदै आएको बताउनुभयो।
जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित छ आयुर्वेदिक औषधालय र पाँच आरोग्य सेवा केन्द्र रहेको केन्द्रका प्रमुख डा कार्कीले जानकारी गराउनुभयो ।
केन्द्रबाट २३ थरीका औषधि निःशुल्क वितरण भइरहेको भए पनि उचित प्रचारप्रसार र सेवाग्राहीमा विश्वास दिलाउन नसक्दा आयुर्वेदिक औषधालय ओझेलमा परेको उहाँको धारणा छ।
बाह्र वटा स्थानीय तह रहेको जिल्लाका जुगल, हेलम्बु, इन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेदिक औषधालय स्थापना हुन सकेको छैन।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
