
जनस्वास्थ्य सरोकार, लहान । लहान नगरपालिकाले आयोजना गरेको आँखा जाँच शिविरमा अहिलेसम्म तीन हजार भन्दा बढीको आँखा जाँच भइसकेको छ। ५२७ जना बिरामीको शल्यक्रियासमेत भइसकेको सगरमाथा चौधरी आँखा अस्पताल लहानले जनाएको छ।
लहान नगरपालिकामा दलित विपन्न बस्तीका स्थानीय आँखा अस्पतालमा आँखा जाँच गराउन नजाँदा दृष्टि नै गुमाई अन्धो हुने गरेको समस्या देखिएपछि लहान नगरपालिकाले प्रत्येक वडामा एक दिवसीय आँखा शिविर अभियान नै सुरु गरेको हो।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको अनुसार अहिलेसम्म १३ वटा वडामा शिविर सम्पन्न हुँदा तीन हजार ६९९ जनाले आँखाका जाँच गराएर ५२७ जनाले शल्यक्रिया गराएर स्वास्थ्य लाभ लिएका छन्। विपन्न दलितलाई शल्यक्रिया गराउन समेत नगरपालिकाले सहयोग गरेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

