
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभरका अस्पतालहरुमा मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तनसँगै वातावरण प्रदुषण लगायतका कारण बिरामी पर्नेको संख्या बढिरहेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
‘अहिले धेरैजसो रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तनको समयमा शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुने भएकाले बिरामी पर्ने सम्भावना धेरै हुने गर्दछ '-डा. पुन भन्नुहुन्छ ।
मौसम परिवर्तन हुँदै गर्दा शरीर कमजोर हुने, खाना खान मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिने डा. पुनको भनाई छ ।
सामान्य मानिने रुघाखोकीको समयमै उपचार नगरे यसले जटिल रुप लिने विज्ञहरु बताउँछन् । सामान्य खालको रुघाखोकीलाई घरमै आराम गरेर र तातो झोलिलो खानेकुरा खाएर निको पार्न सकिन्छ ।
तर, एक हप्तासम्म पनि रुघाखोकी निको नभए परीक्षणका लागि अस्पताल जान डा. पुनले सुझाउनुभयो । प्रशस्त मात्रामा शुद्ध पानी पिउने, हरियो सागसब्जी, फलफूल र घरकै ताजा स्वस्थकर खाना खाने गरे रोग लाग्नबाट बच्न सकिने उहाँको भनाई छ ।
डा. पुन भन्नुहुन्छ–‘घरबाट बाहिर निस्कँदा मास्क लगाउने, सकेसम्म भिडभाडमा नजाने, जानै परे भौतिक दूरी कायम गर्ने गरे प्रदुषणका कारण पर्ने असरसँगै संक्रामक रोग लाग्नबाट बच्न सकिन्छ ।’
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

