
जनस्वास्थ्य सारोकार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । शुक्रवारबाट सञ्चालन आउनेगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
आफ्नै प्रयोगशाला नहुँदा विगतमा सामान्य खालका रोगहरूको नमूना परीक्षण गर्न पनि अन्य प्रदेशको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ।
जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री टेकराज पछाइले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपकरणयुक्त र गुणस्तरीय बनाइने बताउनुभयो । प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै मन्त्री पछाइले प्रयोगशालालाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने बताउनुभयो ।
प्रयोगशालाबाट सर्ने र नसर्ने रोग, सङ्क्रामक रोगको नमूना परीक्षणका साथै निन्दात्मक र अनुसन्धानमूलक सेवा प्रदान गरिने जनाइएको छ ।
प्रयोगशालाबाट दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई विश्वसनीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


