
जनस्वास्थ्य सरोकार, चितवन । चितवन मुटु अस्पतालमा अत्याधुनिक सेवा सहितको क्याथ ल्याब शुरु गरिएको छ ।
आज अस्पतालमा प्रमुख अतिथि प्रमुख अतिथि राष्ट्रिय मुटु तथा फोक्सो समाजका अध्यक्ष मुटु रोग विशेषज्ञ डाक्टर मणि प्रसाद गौतमले औपचारिक रुपमा ल्याबको शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा प्रा.डा. गौतमले चितवन मुटु अस्पतालले सुरु गरेको क्याथ ल्याब सेवाले मुटुका सबै खाले बिरामीहरूलाई सेवा दिन सक्ने बताउनुभयो । सबै वर्ग र समुदायका बिरामीहरूलाई सेवाको सहज सरल र प्रभावकारी पहुँच पुर्याउने प्रतिबद्धता उहाँले गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले काठमाडौँ बाहिर पनि दिन शुरु गरिएको यस्ता सेवा विस्तारले मुटु रोगीको लागि ठूलो टेवा पुग्ने बताउनुभयो ।
अस्पतालका सल्लाहाकार डा. ईश्वरी राज लौडारीले चितवन मेडिकल सिटी भए पनि हेल्दी सिटी नभएको भन्दै सर्वसाधारणको पहुँचमा यस्ता सेवा पुगे मात्रै चितवन मेडिकल सिटी बन्न मदत पुग्ने बताउनुभयो ।
अस्पतालका अध्यक्ष तथा मुटु रोग विशेषज्ञ डाक्टर शङ्कर लौडारीले क्याथ ल्याब प्रविधिको बारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार अस्पतालमा हालसम्म क्याथ ल्याबबाट २० जना बिरामीको उपचार गरि सकिएको छ ।
९ करोडको लागतमा यो मेशिन भित्राइएको अस्पतालले जनाएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
