
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व मोटोपन महासंघले नियन्त्रणका लागि कुनै कदम नचालेमा सन् २०३५ सम्ममा विश्वको आधाभन्दा बढी जनसंख्या मोटो वा बढी तौलको वर्गमा पर्ने चेतावनी दिएको छ ।
खासगरी बालबालिकाहरुमा मोटोपनको समस्या बढ्दै गएकाले सन् २०३५ सम्म चार अर्ब भन्दा बढी मानिसहरू यसबट प्रभावित हुनेछन् । अफ्रिका र एसियाका न्यून वा मध्यम आय भएका देशहरूले यसमा सबैभन्दा ठूलो वृद्धि देख्ने अपेक्षा गरिएको छ । प्रतिवेदनले २०३५ सम्ममा मोटोपनको लागत वार्षिक ४ ट्रिलियन अमेरिकी डलर भन्दा बढी हुने अनुमान गरेको छ ।
महासंघका अध्यक्ष प्राध्यापक लुइस बाउरले यो प्रतिवेदनका नतिजाहरूले विभिन्न देशहरूलाई अहिले नै मोटोपन रोकथामका लागि कदम चाल्न वा भविष्यमा नतिजाको जोखिममा पर्न स्पष्ट चेतावनी दिएको बताउनुभएको छ ।
प्रतिवेदनले विशेष गरी बालबालिका र किशोरकिशोरीहरूमा मोटोपनाको बढ्दो दरलाई हाइलाइट गरेको छ, जसमा केटा र केटीहरू दुवैमा २०२० को तुलनामा यो संख्या दोब्बर हुने अपेक्षा गरिएको छ । प्रोफेसर बाउरले यो प्रवृत्ति विशेष गरी चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । ‘विश्वभरका सरकार र नीति निर्माताहरूले मोटोपनमा योगदानका प्रणाली र मूल कारकहरू मूल्याङ्कन गरेर युवा पुस्तालाई स्वास्थ्य, सामाजिक र आर्थिक लागतहरू हस्तान्तरण गर्नबाट बच्न सक्दो गर्न आवश्यक छ’, उहाँले भन्नुभयो । एजेन्सी
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
