
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रङ्गहरुको पर्व फागु विषेशगरी एक अर्कालाई रङ्ग लगाई मनाइने चलन छ । तर ति रङ्गहरुले हाम्रो छालामा कति असर गर्छ र त्यसको असर के कति पर्छ भन्ने विषयमा हामी अनविज्ञ छाैं ।
केमिकलयुक्त रङ्गहरुको प्रयोग गर्दा छालामा धेरै समस्या हुने हुँदा सतर्क भएर होली खेल्न चिकित्सकले सुझाव दिएका छन् ।
फागु पर्व विशेष गरी रङ्गहरुको पर्व हो जस्मा आफ्ना साथीभाइ र परिवारमाँझ रङ्गमार्फत माया, सद्भाव साटासाट गरी मनाइने गरिन्छ । होलीमा विशेष गरी एक अर्कालाई विभिन्न रङ्ग लगाइने र पानी पनि खेल्ने गरिन्छ । तर पछिल्लाे समय चाडपर्वका नाममा विभिन्न समस्या पनि निम्तिने गरेका छन् ।
आजभोलि होलीको नाममा रङ्ग, पानीको प्रयोगसँगै केमिकलयुक्त पेन्टहरु पनि प्रयोग गर्ने गरेका छन् । जुन मानव स्वास्थ्यका लागि निकै नै हानिकारक हुने गरेका छन् ।
होलीको अवसरमा विभिन्न किसिममा रङ्ग र केमिकल मिश्रित पेन्ट प्रयोग गर्ने गरेका छन् । यस्ता किसिमका रङ्ग र पेन्टको प्रयोग गर्दा मानिसलाई विभिन्न किसिमका एलर्जी हुने गरेका छन् ।
होलीमा प्रयोग गरेका रङ्ग र हानिकारक पेन्टले शरीरमा रातो बिमिरा आउने, डाबर आउने र कुनै बेला स्वास्प्रस्वासमा पनि समस्या हुने चिकित्सको भनाइ छ । सबैको छाला एकै किसिमको नहुने भएकाले कोही प्रयोगकर्तालाई छिट्टै र लामो समयसम्म असर गर्ने हुन्छ ।

बाल अवस्थादेखि नै छालामा समस्या भएकाले सकभर रङ्ग र पेन्टको प्रयोग नगर्न चिकित्सकले सुझाएका छन् । होली खेल्दा घामबाट बचेर खेल्ने र सकेसम्म केमिकल युक्त पेन्टको प्रयोग नगर्दा सुरक्षित हुने चिकित्सककाे भनाइ छ ।
होली पछि विभिन्न किसिमका एरर्जी भएर र अन्य छाला सम्बन्धी समस्या लिएर अस्पताल पुग्नेको संख्यमा वृद्धि हुने गरेकाे चिकित्सकहरू बताउँछन् । यस्ता समस्याबाट बच्न होली खेलिसके पछि आफ्नो छालालाई सुहाउने सनस्क्रिम प्रयोग गर्नू पर्ने स्वास्थ्यकर्मीकाे सुझाव छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
