जनस्वास्थ्य सरोकार, काठमाडौं । मिर्गौला उपचारमा सक्रिय मार्क इन्टरनेशनल किड्नी सेन्टर चौथो वर्षमा प्रवेश गरेको छ । सेन्टरद्धारा सञ्चालित ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य जीवन अभियान’ स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन चालिएको महत्वपूर्ण कदम मानिएको छ ।

नेपाली समाजमा मिर्गौला रोगको जनचेतना फैलाउने कार्यमा अग्रसर रहेको सेन्टरले मिर्गौला रोगसँगै अन्य रोगहरुकोसमेत सहज तरिकाले पहिचान एवं रोकथाम गराउन आवश्यक कदम चाल्दै आएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेन्टरका अध्यक्ष एवं मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमसेर राणाले बेलाबेलामा मिर्गौला परीक्षण गरेर सजग रहन सकेमा ९० प्रतिशत मिर्गौला बचाउन सकिने उल्लेख गर्नुभयो । मिर्गौला ९० प्रतिशत ड्यामेज भइसकेपछि मात्र लक्षण देखिने गरेको पाइन्छ ।
१० जनामध्ये १ जनामा मिर्गौलामा समस्या हुनसक्ने उल्लेख गर्दै डा. राणाले दैनिक ४—५ लिटर पानी पिउनेलगायत स्वस्थ्य जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।

आफ्नो चौथो बार्षिकोत्सव एवं विश्व मिर्गौला दिवसका अवसरमा २५ गते दरबारमार्गमा बिहान ७ बजे वाकाथोन, लाजिम्पाटस्थित सरकारी धारा चोकमा रहेको सेन्टरको नवनिर्मित नयाँ भवनमा २५ र २६ गते १० बजेदेखि ५ बजेसम्म निःशुल्क मिर्गौला परीक्षण र २७ गते नारायण चौर नक्सालमा निःशुल्क वृहत स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
