
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व मिर्गौला दिवस । ‘स्वस्थ्य मिर्गौला सबैका लागि’ भन्ने मुल नाराका साथ यो दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ ।
हरेक वर्षको मार्चको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । सन् २०२३ मा यो दिवस मार्च ९ तारेकमा परेको छ ।
मिर्गौलाको दीर्घरोग एउटा डरलाग्दो रोग हो । यस रोगको पूर्णतया निको हुने उपचार छैन । मिर्गौलाको दीर्घरोग विश्वभरि नै डरलाग्दो रूपले बढी रहेको छ ।
प्रत्येक दशजना मध्ये एकजनामा कुनै न कुनै प्रकारका मिर्गौलाको दीर्घरोग हुनसक्छ । मधुमेह, उच्च रक्तचाप, ग्लोमेरुलोनेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग), मोटोपना, धूम्रपान तथा उच्च कोलेस्टेरोलको बढ्दो समस्या मिर्गौलाको दीर्घरोगको मुख्य कारण मानिन्छ ।
सन् २००६ देखि मनाउन शुरु गरिएको विश्व मिर्गौला दिवसको मुख्य उद्देश्य व्यक्तिलाई मिर्गौला रोगबारे जागरुक गराउने र समस्याको निदान गर्ने नै हो ।
इन्टरनेशनल सोसाइटी अफ किड्नी डिसिजेस र इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीले लगातार बढिरहेको मिर्गौला रोगलाई मध्य नजर गरेर दिवसका रुपमा मनाउन शुरु गरेको हो ।
यो इन्टरनेशनल सोसाइटी फर नेफ्रोलोजी एवं द इन्टरनेशनल फेडरेसन अफ फाउन्डेसनको संयुक्त पहलमा भएको हो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
