
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनको अनुमति प्रदान गरेको छ ।
आयोगले प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएन एसको कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो प्रतिष्ठानमा नर्सिङ अध्यापनका लागि २०/२० सिट निर्धारण गरेको छ ।
आगामी शैक्षिक सत्रदेखि प्रतिष्ठानमा नर्सिङ अध्यापन सुरु हुने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा आवश्यक पूर्वाधार तयार भइसकेको जनाइएको छ ।
अब प्रतिष्ठानमा उपचार सेवासँगै शैक्षिक कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

