
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पेटभित्र रक्सीको बोतल पसेको बिरामीको सफल शल्यक्रिया भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा युवकको पेटभित्र पसेको रक्सीको बोतल बाहिर निकालिएको हो ।
रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय युवकको मलद्धारबाट रक्सीको बोतल पेटमा छिरेको थियो ।
भरतपुरको कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा. नारायणप्रसाद बेल्बासेको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो ।
अस्पतालको अनुसार युवकको पेट चिरेर हेर्दा ठुलो आन्द्रा फुटेर बोतल बाहिर निस्केको अवस्थामा भेटिएको हो । शल्यक्रियापछि युवकको अवस्था राम्रो भएको छ । उनको होस आएको छ । युवकले जानीजानी बोतल भित्र पसाएको चिकित्सकहरुको अनुमान छ ।
डा. बेल्बासे नेतृत्वको डा.सागर खतिवडा, डा. विनय तिमल्सिना, सुशील भुजेल, राजेश यादव, असिम, मोनालिसाको टिमले साढे दुई घन्टा लगाएर शल्यक्रिया गरी बोतल निकालेको थियो। बिरामीको अवस्था जटिल भए पनि मलद्वारको मुख्य भाग ८० प्रतिशत सुरक्षित भएकाले अवस्था सामान्य हुने चिकित्सकको भनाइ छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
