
जनस्वास्थ्य सरोकार, हेटौडा । रक्तसञ्चार केन्द्र हेटौंडाले रक्ततत्व छुट्याएर सेवाग्राहीको आवश्यकतानुसार रगत वा रक्ततत्वमात्र उपलब्ध गराउनसक्ने भएको छ ।
यसअघि रगतमात्र उपलब्ध गराउँदै आएको रक्तसञ्चार केन्द्र हेटौंडाले अबदेखि रगत वा रक्ततत्वमात्र उपलब्ध गराउनसक्ने भएको हो ।
अमेरिकी रेडक्रसको सहयोगमा करिब ५० लाख बराबरको सेन्ट्रीफ्युज मेसिन प्राप्त भएपछि यसरी रक्ततत्वमात्र छुट्याएर बिरामीको उपचारमा सहजता पु¥याउन सकिने भएको हो ।
रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालका अनुसार हेटौंडा उपमहानगरपालिकाले रगत र रक्ततत्व सुरक्षित राख्न आवश्यक उपकरण खरिद गर्न १५ लाख उपलब्ध गराएको छ । मनहरी गाउँपालिकाले पनि सेवा विस्तारका लागि कार्यालय व्यवस्थापन गर्न ७ लाख उपलब्ध गराएकोे छ ।
रक्तसञ्चार केन्द्रले सेवा विस्तारका लागि आवश्यक तयारी पूरा गरेर रक्ततत्व छुट्याउने कार्यको परीक्षण पूरा भएको र अबदेखि रक्ततत्वसमेत छुट्याएर आवश्यकतानुसार सेवाग्राहीलाई उपलब्ध गराउन सकिने रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख दाहालले बताउनुभयो ।
अबदेखि सेतो रक्ततत्व, रातो रक्ततत्व, प्लेट्लेट्स र प्लाज्मा छुट्टाछुट्टै उपलब्ध गराउन सकिने भएको छ । प्राविधिक जनशक्तिका रुपमा रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटालाई तालिममा सहभागी गराइएको छ । रक्ततत्व आवश्यक पर्दा चितवन जानुपर्ने समस्या हल हुने भन्दै रक्तसञ्चार केन्द्र हेटौंडाले चितवन जिल्लामा उपलब्ध हुने सेवा बराबरकै सेवा हेटौंडामा प्रदान गर्ने भएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
