
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेता एवं प्रतिनिधि सभा सदस्य डा. भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा. भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
‘भण्डारीको आज पनि फिजियोथेरापी भएको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’ –भण्डारीका दाजु मीनप्रसादले बिहीबार बेलुका भन्नुभयो ।
आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

