
जनस्वास्थ्य सरोकार, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा ४२ जनाको मोतिबिन्दुका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ५२ देखि ८७ वर्ष सम्मका बिरामीहरुको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

पी रविनहुड फाउन्डेसन र गाउँपालिकाको आर्थिक सहयोग एवं दृष्टि आँखा अस्पतालको प्रविधिक सहयोगमा सातकन्या नमुना आधारभूत विद्यालयको भवनमा फागुन २५ र २६ गते शिविर सञ्चालन गरिएको थियो । शिविरमा डा. भाइराजा श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले मोतिबिन्दुको शल्यक्रिया गर्नुभएको थियो ।
त्यसैगरी गाउँपालिकाको वडा १, २ र ५ वडाका मोतिबिन्दुका बिरामीहरुको भने फागुन २६ शल्यक्रिया गरिएको फाउन्डेसनका कार्यक्रम संयोजक स्मृती शर्मा तिवारीले जानकारी दिनुभयो ।

शल्यक्रिया शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ्ग, फाउन्डेसनका कार्यक्रम संयोजक तिवारी, दृष्टि आँखा अस्पताल प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


