नेभिगेशन

'ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट' को फाइदाबारे इष्ट वेष्ट कन्सर्नका निर्देशक आर्हान्त श्रेष्ठसँगको संवाद

इष्ट वेष्ट ग्रुपले क्लिनिकल प्रयोगशालाहरूमा हुनसक्ने कमजोरी न्यूनिकरण गर्न प्रयोगशालाको रिजल्टको गुणस्तरमा सुधार एवं सूचना व्यवस्था प्रणालीलाई स्वचालित बनाउन नेपालमा ‘ल्याबोरेटोरी इन्टेलिजेन्स स्वीट’ नामक सफ्टवेयर भित्र्याएको छ । यो कम्पनीले नेपालका धेरै अस्पताल, प्याथोलोजी ल्याब, स्वास्थ्य संस्थाहरूमा चार दशकभन्दा बढी समयदेखि अत्याधुनिक मेडिकल उपकरणहरू आपूर्ति गर्दै आएको छ । पछिल्लो पटक भित्र्याइएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई)मा आधारित ल्याबोरेटोरी इन्टेलिजेन्स सिस्टमले सेवाग्राही, अस्पताल र ल्याब सञ्चालकले कसरी फाइदा लिन सक्छन् भनेर इष्ट वेष्ट कन्सर्न प्रा.लि.का निर्देशक आर्हान्त श्रेष्ठसँग गरिएको संवाद

आर्हान्त श्रेष्ठ- निर्देशक,इष्ट वेष्ट कन्सर्न प्रा.लि.

‘ल्याबोरेटोरी इन्टिलिजेन्स स्वीट’ को महत्वबारे बताइदिनुहोस् न ?
अहिले बजारमा प्रायः सबै प्रयोगशालाहरूसँग ‘ल्याबोरेटोरी इन्फर्मेसन सिस्टम’ छ । यसले जेनरल डाटामात्र इन्ट्रिगेट (एकीकृत) गर्छ । यो सिस्टमले रिजल्ट नम्बरमा मात्रै दिन्छ ।

ल्याब टेक्निसियन र ल्याबोरेटोरी प्रमुखहरूको दैनिकी डाटा विश्लेषण गर्दैमा बित्ने समस्यालाई ध्यानमा राखेर हालसालै इन्डियन सफ्टवेयर कम्पनी शुक्रा सफ्टवेर सोलुसन प्रा.लि.ले नयाँ मोडलको ‘शुक्रा आर्टिफिसियल इन्टिलिजेन्स फर ल्याबोरेटरी–रियल टाइम’ सिस्टम बजारमा ल्याएको हो ।

यो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित ल्याबोरेटोरी सिस्टम हो । यो सफ्वेयरले संकलित नमूनालाई टेष्ट गर्ने, रिजल्ट सेक्रिगेसन (पृथकीकरण) गर्ने, रिजल्टलाई रिपोर्टमा उतार्ने र एक्युरेट रिजल्ट दिने काम गर्छ । यसले ल्याब टेक्निसियनहरूलाई काम गर्न सहज बनाइदिन्छ । यो आर्टिफिसियल इन्टेलिजेन्सले मानवको हस्तक्षेपविना मेसिनलाई सोच्न सक्ने र आफैं निर्णय लिन सक्ने बनाउँछ । यसले दुनियाभरका तथ्यांक अध्ययन, अनुसन्धान र गाइडलाइन्सअनुसार सही वा गलत विश्लेषण गरेर एक्युरेट रिपोर्ट निकाल्छ ।

यसले ह्युमन क्लिनिकल एरर (कमजोरी) निकै कम हुन्छ । यो प्रविधिले प्रयोगशालकर्मी र प्रयोगशाला सञ्चालक दुवैलाई काम गर्न सहज बनाइदिन्छ । घरमै बसेर ‘लग इन’ गरी काम गर्न र रिपोर्ट हेर्न समेत सकिन्छ । घरमै बसीबसी सञ्चालकले प्रयोगशालामा भइरहेको गतिविधि अवलोकन, समयमा उपकरणको सर्भिसिङ भएनभएको जानकारी लिन सक्छ ।

‘ल्याबोरेटोरी इन्टिलिजेन्स स्वीट’ले कसरी काम गर्छ ?
‘ल्याबोरेटोरी इन्टिलिजेन्स स्वीट’ ले रिजल्ट फिल्टर (छान्ने) गर्ने काम गर्छ । बिरामीबाट संकलित नमूना (स्याम्पल) लाई मेसिनमा राखेपछि के टेष्ट गर्ने भन्ने आफै ‘रिड’ गर्छ । यसले रिजल्टलाई तुरुन्तै रिपोर्टमा रुपान्तरण गरी ‘स्मार्ट रिपोर्ट’ बनाउँछ । तर, यसअघि रिजल्टले सफ्टवेयरका विभिन्न तह पास गर्नुपर्छ । एक्स्पायर्ड इक्वीपमेन्ट मेन्टिनेन्स, प्रि–एनालाइटिकल इन्टरफियरेन्स, एक्पायर्ड एनालाइट क्यालिबे्रसन, क्यूसी, ब्राकेटिङ क्रिटिकल रिजल्टस्, एबनर्मल रिजल्टस्, डेल्टा चेक, क्लिनिकल डिसिजन सपोर्ट र स्मार्ट रिपोर्ट आदि यसका लेयर हुन् । रिजल्टले सम्पूर्ण लेयर पास गर्नुपर्छ । तर समयमा सर्भिसिङ नहुँदा वा मेसिनमा कुनै खराबीका कारण रिजल्टलाई प्रभावित पार्न सक्छ । यस्तो अवस्थामा प्राप्त रिजल्टले कुनै पनि लेयर पास गर्न सक्दैन । उक्त लेयरले रिपोर्टलाई रिजेक्ट गरी रेड सिग्नल (होल्ड अन) देखाउँछ । त्यसैले रिपोर्ट पास गर्ने नगर्ने, कहाँ के कारणले रिपोर्टमा खराबी आएको छ भनेर एकिन गरेर प्रयोगशाला प्रमुखले रिपोेर्ट पास गर्ने नगर्ने निर्णय लिनुपर्छ ।
कुनै इमर्जेन्सी केस आयो भने अहिलेका ल्याबमा ‘यो इमर्जेन्सी रिपोर्ट हो हैन’ भनेर सबैलाई जानकरी गराउनुपर्छ । एकजनाले मात्रै बिर्सिए पनि रिपोर्ट आउन ढिला हुन्छ । यसले बिरामीको उपचारमा प्रभाव पार्न सक्छ ।

ल्याबोरेटोरी इन्टिलिजेन्स स्वीटमा भने फिचरमार्फत नर्मल टेष्ट, इमर्जेन्सी टेष्ट, स्पेसिफिक सर्जरी टेष्ट के हो छुट्याएर जाँच गर्न सकिन्छ । ल्याबका हरेक कर्मचारीलाई बारम्बार यसो गर उसो गर भनिरहन पर्दैन ।

अहिले ल्याब टेक्निसियनले रिपोर्ट सही, गलत, एबनर्मल वा क्रिटिकल के हो भन्ने निक्र्योल गरेर मात्र रिपोर्ट पास गर्छन् । तर, एआई ल्याबोरेटोरी सिस्टमले नर्मल रिपोर्टलाई अटोमेटिक एप्रुभल दिन्छ ।

यो सफ्टवेयरलाई कसरी प्रयोगमा ल्याउन राखिन्छ ?
‘ल्याबोरेटोरी इन्टिलिजेन्स स्वीट’को सफ्टवेयर क्लाउडमा बस्छ । यो सफ्टवेयरलाई आफूलाई चाहिने मेसिनमा ‘इन्स्टल’ गर्दै जान सकिन्छ । यसलाई क्लिया, हेमाटोलोजी, बायोकेमेस्ट्रीलगायत जुनसुकै मेसिनमा जोड्न सकिन्छ । प्रयोगशालाको आवश्यकता र क्षमताअनुसार मेसिनमा जोड्दै जानुपर्छ । सोहीअनुरुप लगानी पनि बढ्दै जान्छ । स–साना ल्याबहरूले थोरै मेसिनमा सिमित फिचर ‘अनलक’ गरेर सेवा प्राप्त गर्न सक्छन् । बिस्तारै सेवा विस्तार गर्दै फिचर थप गर्न सक्छन् ।

ल्याबमा ‘ल्याबोरेटोरी इन्टिलिजेन्स स्वीट’ नै किन राख्ने त ?
ल्याबोरेटोरी इन्ट्रिगेट सिस्टममा शुक्रा सफ्टवेयर एक पायनियर कम्पनी हो । उनीहरूको टिम मेम्बर एकदमै डेडिकेटेड छन् । यस कम्पनीले नेपालका २५ भन्दा बढी प्रयोगशाला र हस्पिटलहरूमा एचआइएस (हस्पिटल इन्फरमेसन सिस्टम) र एलआइएस (ल्याबोरेटोरी इन्फरमेसन सिस्टम) जडान गरिसकेको छ । ग्राण्डी अस्पताल, मेडिसिटी अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले शुक्राकै एचआइएस (हस्पिटल इन्फरमेसन सिस्टम) जडान गरेका छन् । हस्पिटल इन्फरमेसन सिस्टमभित्र ल्याबोरेटोरी इन्फरमेसन सिस्टम (एलआईएस) पर्छ । यसले ल्याबोरेटोरीभित्रका डाटा लिन्छ । ती डाटा हेर्न ल्याब टेक्निसियन नै चाहिन्छ । यसलाई अझै ‘सिम्लिफाई’ गर्न एआइ सिस्टम आएको हो ।

एआई ल्याबोरेटरी सिस्टम एलआइएसको एड्भान्स भर्सन हो । यसले के सही के गलत राम्रोसँग छुट्टयाउँछ । यो मानिसको आफ्नै दिमाग जस्तै हुन्छ ।

अझ मानिसको दिमागमा त केही लिमिटेसन हुन्छ तर एआईको कुनै लिमिटेसन छैन । यसले हरेक दिन नयाँ कुरा सिकाइरहेको हुन्छ । दुनियाभरका जानकारी एकठ्ठा गर्छ ।

हामीले अनुकुलता अनुसार युरोपियन स्टयान्डर्ड गाइडलाइन वा अमेरिकन स्ट्यान्डर्ड गाइडलाइन फलो गर्ने भनेर छान्न पनि पाउँछौं । विशेषगरी नेपालमा अमेरिकन स्ट्यान्डर्ड बढी चलेको छ ।


सम्यक डायग्नोस्टिक सेन्टर, नेशलन रेफरेन्स ल्याबोरेटोरी, टेस्ला डायग्नोस्टिक सेन्टर, मोर्डन डायग्नोष्टिक ल्याब लगायतमा शुक्रा सफ्टवेयरकै ल्याबोरेटोरी इन्फरमेसन सिस्टम (एलआइएस) जडान गरिएको छ ।
हामीले सम्यक डायग्नोस्टिक सेन्टर, नेशलन रिफरेन्स ल्याबोरेटोरी, टेस्ला डायग्नोस्टिक सेन्टर, मोर्डन डायग्नोष्टिक ल्यावलगायत २५ ठाउँमा शुक्रा सफ्टवेयरकै ल्याबोरेटोरी इन्फरमेसन सिस्टम (एलआइएस) जडान गरेका छौँ । शुक्राले ल्याबोरेटोरी इन्फरमेसन सिस्टमलाई बढी विकसित गरिरहेको छ । हस्पिटल इन्फरमेसन सिस्टमले अस्पतालको ओपीडी बिलिङ सिस्टमलगायत बेसिक काम हेर्छ । एलआइएस र एआई प्रविधि बिरामीलाई कसरी प्रभावकारी सेवा दिने भन्नेमा केन्द्रित हुन्छ ।

ल्याबोरेटोरी इन्टिलिजेन्स सिस्टमले बिरामीको अवस्था, हिस्ट्री, डाटा अपडेट गरिरहेको हुन्छ । यसबाट ‘ओभरल’ स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिन्छ । साथै, बिरामीलाई डिजिटल रिपोर्ट लिएर उपचारका लागि अस्पताल जाने सुविधा प्राप्त हुन्छ ।


यहाँले ल्याबोरेटोरी इन्ेटलिजेन्स स्वीट रिफारिस गर्न किन चाहनुहुन्छ ?
धेरै मात्रामा नमुना परीक्षण गर्ने ल्याबहरूलाई यो सफ्टवेयर फाइदाजनक हुन्छ । यसले पूरै समय चल्ने ल्याबको क्षमता बढाउनुका साथै समयको बचत गर्छ । यो त्यस्तो सफ्टवेयर हो जसले ‘लगानी’ गरेपछि राम्रो ‘परिणाम’ दिन्छ । अन्य सफ्टवेयर केबल ‘थप लाभ’ मात्रै हुन् । मेसिनहरूलाई समयसमयमा क्वालिटी क्याल्कुलेसन, क्यालिब्रेसन, सर्भिसिङ गरिरहनुपर्छ । कति वटा कन्ज्युमेवल खपत भयो भनेर हेरिरहनुपर्छ । यसले दीर्घकालीन रुपमा पैसा बचत गराउँछ ।

सुरुमा खर्चिलो जस्तो लागे पनि यो प्रविधिले समयको बचत, सेवाग्राहीको सन्तुष्टि, एक्युरेट रिजल्ट र विश्वसनियता प्रदान गर्छ । साथै यसले भविष्यमा जनशक्तिको हुनसक्ने कमीलाई पनि निकै सहायता पुर्याउँछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता