
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रम अस्पतालका अध्यक्ष शैलेन्द्र मोहन झाको अध्यक्षतामा सम्पन्न भएको हो।
साधारण सभामा वार्षिक प्रतिबेदन पेश गर्दै अस्पतालका अध्यक्ष झाले भन्नुभयो–‘हाम्रो अस्पताल धेरै पुरानो र भक्तपुर गठ्ठाघरबासिका लागि मात्र नभए पुरै भक्तपुर जिल्ला बासिहरुको लागि विश्वासिलो अस्पतालका रुपमा स्थापित भएको छ।’
कार्यक्रममा सेयर सदस्यहरुबाट उठेका प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्दै अस्पतालमा भएका कमीकमजोरीलाई सुधार्दै लैजाने अस्पतालका अर्थ निर्देशक भुवन चक्र जोशीले बताउनुभयो । साथै अस्पताललाई अघि बढाउनमा सम्पूर्ण सेयर सदस्यहरु उतिकै भूमिका रहेको पनि उहाँले भन्नुभयो ।
जनतालाई सहज होस् भन्दै अस्पतालले प्याथोलोजी ल्याबमा छुटको व्यवस्था गरि प्याकेज बनाएर थोरै पैसामा राम्रो सेवा दिने व्यवस्था पनि गरेको छ। पैसाको अभावको कारण कोहि पनि उपचारबाट बन्चित हुन नपरोस भनी उक्त सेवा प्रदान गर्न लागेको कुरा वरिष्ठ प्याथोलोजिस्ट डा सुवास यादबले बताउनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
