
जनस्वास्थ्य सरोकार, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ ।
प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार अब विगतजस्तो हातले लेख्नु नपर्ने बताउनुभयो ।
कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुने उहाँको भनाई छ । “विगतमा हातले रिपोर्ट लेख्नु पथ्र्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे”, उहाँले भन्नुभयो-“अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।”
उहाँका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ ।
मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ ।
यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उहाँको भनाइ छ । यो मेसिन दाङमै पहिलोपटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उहाँले बताउनुभयो । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
