
जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा चार हजार भन्दा बढी लाभान्वित भएका छन् ।
गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो।
विराटनगर वडा नं १८ बाट सुरु भएको शिविर सोमबार वडा नं १९ मा पुगेर समापन भएको थियो । स्वास्थ्य लाभ लिनेमा पुरुषभन्दा महिला बढी अर्थात् दुई हजार चार सय ४५ महिला र एक हजार चार सय ३४ पुरुषले स्वास्थ्य जाँच गराएका थिए । उपचारतमध्ये एक हजार एक सय ७६ ले भिडियो एक्स–रे, पाँच सय ३५ ले इसिजी, आठ सय ३० ले ल्याब सेवा र छ सय ५० जनाले भिआइए (पाठेघरको जाँच) गराएका थिए ।
शिविरमा कोसी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतका प्राविधिक टोलीले सहयोग पु–याएका थिए ।
समापन समारोहमा महानगरका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्था गर्न महानगर लागिपरेको सुनाउनुभयो ।
एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको महानगरप्रमुख कोइरालाको भनाइ थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतले सेवा प्रवाह गरेका थिए ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
