
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टोखास्थित चण्डेश्वरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनले अस्पतालको रकम हिनामिना गरेको आरोप लागेको छ।
अस्पतालको सेवा शुल्क वापतको रकम निजी सहकारीको खातामा जम्मा गरेको आरोप महर्जनमाथि लगाइएको छ।
अस्पताल व्यवस्थापन समितिको अध्यक्ष महर्जनले कानुन विपरित अस्पताल विकास सम्बन्धि कार्य गरेको , आर्थिक अनियमितता गरेको , कर्मचारीमाथि अमर्यादित र अपमानित व्यवहार गरेको भन्दैं मन्त्रालयमा उजुरी परेको थियो । उजुरी पछि स्वास्थ्य मन्त्रालयले अध्यक्ष महर्जनले कानुन विपरित कार्य गरेको भन्दैं १५ दिनभित्र जवाफ पेश गर्ने गरी लिखित स्पष्टीकरण पनि सोधेको छ
स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरि उहाँलाई स्पष्टीकरण सोधिएको हो। मन्त्रालयले मन्त्रीस्तरीय उक्त निर्णयअनुसार लिखित जवाफ पेश गर्न महर्जनलाई पत्राचार गरेको छ । त्यसपछि उक्त उजुरीमाथि छानविन गर्न मन्त्रालयले ३ सदस्सीय समिति बनाएको छ । उक्त समितिले महर्जनमाथि लागेका आरोपहरुबारे छानविनपछि समितिले मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ ।
प्रतिवेदनमा सरकारी अस्पतालको रकम निर्णय विपरित निजी सहकारीको खातामा जम्मा गरेको, कुनै जानकारी र निर्णयबिना रकम झिकी खर्च गरेको, आर्थिक ऐनरनियमको बर्खिलाप हुने गरी काम गरेको र चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि पेशागत मर्यादित विपरित कार्यसमेत गर्ने गरेको उल्लेख छ । छानविनबाट समेत महर्जनमाथि लागेका उजुरी पुष्टि भएपछि मन्त्रालयले तपाईलाई किन कारवाही नगर्ने भन्दैं लिखित स्पष्टीकरण सोधेको हो।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
