
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विदेशी विद्यार्थी समूह, सःशुल्क र छात्रवृृत्तितर्फ लगायतका समूहको सिट बाँडफाँड गरेको छ ।
आयोगले एमबीबीएसको १८९५ सिटमध्ये विदेशी विद्यार्थीका लागि ५५७ सिट छुट्याइएको छ । छात्रवृत्तिमा खुल्लातर्फ २३७ र समावेशीमा १९३ गरी ४३० सिट छुट्याएको छ । सःशुल्कमा ८५९ सिट छुट्याएको छ । नेपाली सेनाको मेडिकल कलेजमा नेपाली सेनाको कल्लाणकारी कोषबाट पढाउने कोटा ४९ जनाको छ ।
त्यसैगरी बीडीएसको ५६० सिटमा सशुल्कतर्फ २७७ सिट छुट्याइएको छ । विदेशी विद्यार्थीका लागि १७५ सिट तोकिएको छ । छात्रवृत्तिमा १०८ सिट छुट्याइएको छ। जसमा खुल्लामा ५० र समावेशीतर्फ ४९ सिट तोकिएको छ।
त्यसैगरी बीएसी नर्सिङतर्फ १३५० सिट मध्ये विदेशी विद्यार्थीका लागि ३४९ सिट छुट्याइएको छ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

