जनस्वास्थ्य सरोकार, काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र कलंकीस्थित नेपालय कलेजबीच उपचारमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच मनमोहन मेमोरियल अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा.नस्तु प्रसाद शर्मा र नेपालय कलेजबाट प्रधानाध्यापक कृष्णप्रसाद डोटेलबीच सम्झौता पत्रमा संयुक्त हस्ताक्षर भएको हो ।

मनमोहन मेमोरियल मेडिकल कलेज र नेपालय कलेजबिच भएको सम्झौताअनुसार नेपालय कलेजका पदाधिकारी, सदस्य, कर्मचारी, विद्यार्थी, नीजहरुका परिवारका सदस्यहरुले सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसीजीमा १५ प्रतिशत र अन्य विशेष सेवाहरु क्याबीन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा समेत १० प्रतिशत छुट सेवा पाउनेछन् ।
यस्तै ८० वर्षदेखिमाथि उमेरका जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत र ७० वर्षदेखि ७९ वर्षका जेष्ठ नागरिकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो सुविधा इएचएस, अक्सिजन, नेबुलाईजर ओटी, क्याबिन, आईसियु, आउट् सोर्सिङ सेवामा लागु नहुने उल्लेख गरिएको छ ।
छुट पाउने व्यक्तिहरुको परिचय खुल्ने कागजात (जन्मदर्ता प्रमाणपत्र, नागरिकता, कलेजको परिचय पत्र, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र, राहदानी तथा कलेजको सिफारिसको आधारमा मनमोहन मेमोरियल अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवामा सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ ।
कलंकिस्थित नेपालय कलेजमा उच्च मा.वि., बीबीएस्, बीबीएम, बीएस्सी सीएसआईटी, बीसीए तथा एमबीएस कार्यक्रमहरु सञ्चालनमा छन् । हाल यस कलेजमा करिव १ हजार ८ सय विद्यार्थीहरू अध्ययनरत छन् । नेपालय कलेजले वार्षिक दीक्षान्त समारोहको पनि आयोजना गरेको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
