
जनस्वास्थ्य सरोकार, दैलेख । दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् ।
शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो ।
आर्थिक अभावले काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दैलेखमा निःशुल्क शिविरको आयोजना गरिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिनुभयो ।
शनिबारदेखि सुरु भएको शिविरमा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको विशेषज्ञ डाक्टर मुक्ती तिमिल्सेनाले बताउनुभयो ।
शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका छ जना विशेषज्ञ डाक्टरसहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको हो ।
दैलेखमा समाधान हुन नसकेका कतिपय बिरामीलाई काठमाडौँमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने विशेषज्ञ क्याट्रिना हेगेनले बताउनुभयो । आर्थिक अभाव र दुर्गम भएकै कारण उपचार गर्न नपाएका नागरिकका लागि शिविरले प्रदान गरेको सेवा निकै प्रभावकारी देखिएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
