
जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीसहित महाराष्ट्र र गुजरातलगायतका राज्यमा नयाँ भाइरस फैलिएको छ । ‘एचथ्री एनटू’ नामक नयाँ भाइरसबाट अहिलेसम्म भारतमा ३५२ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
सबैभन्दा बढी महाराष्ट्रमा यसको प्रभाव देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बीएमसीकाअनुसार मुम्बईमा मात्रै ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
‘एचथ्री एनटू’ को खतरा बढ्दै गएपछि त्यहाँका मुख्यमन्त्री एकनाथ शिन्देले आज स्वास्थ्य अधिकारीहरूसँग बैठकसमेत डाकेका छन् । बैठकमा उपमुख्यमन्त्री देवेन्द्र फडणवीस र स्वास्थ्यमन्त्री तानाजी सावन्त पनि सहभागी हुनेछन् ।
बिरामीहरूमा लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ । एजेन्सी
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

