
जनस्वास्थ्य सरोकार, देउखुरी । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ। बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन्। त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ।
बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ। तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन सकेका छैनन। बङ्गलाचुली–५ की रीता नेपाली नौ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँ बङ्गलाचुली अस्पतालमा स्वास्थ्य जाँच गराउन जानुभयो । गर्भमा रहेको बच्चाको अवस्था बुझ्न नेपाली सो अस्पताल पुग्नुभयो । अस्पतालमा एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण उक्त सुविधा लिन पाउनुभयो । अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा पाउन नसकेको उहाँले गर्नुभयो ।
“गाउँमै अस्पताल भए पनि उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ।” नेपालीले भन्नुभयो । पूर्वाधार भएर पनि स्वास्थ्य सेवा पाउनका लागि सास्ती भोग्नु परेको स्थानीयवासीको गुनासो छ।
स्थानीयस्तरमा अस्पताल सञ्चालनमा आए पछि यहाँका बासिन्दा गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाइने भयो भन्दै दङ्ग परेका थिए। सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बङ्गलाचुली गाउँपालिकाको पहलमा रू १० करोडको लागतमा अस्पताल भवन निर्माण भएको हो। स्थानीय शिवराज भण्डारीलेअस्पताल बनेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पालिकाले पहल गर्नुपर्ने बताउनुभयो।
अस्पतालमा कार्यरत सिनियर अनमी शारदा चन्दले जनशक्ति नहुँदा स्वास्थ्य चौकीकै मापदण्डअनुरुप काम गर्दै आएको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार केही समय अघिसम्म डा वसन्त शाह अस्पतालमा कार्यरत रहे पनि उनी अध्ययनका लागि गएपछि अस्पताल चिकित्सकविहीन भएको हो। दाङका १० मध्ये १५ शय्याको अस्पताल बनेको बङ्गलाचुली पहिलो पालिका हो। रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
