
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ।
आइतबार राती सकिएको मतपरिणाम अनुसार अनेरास्ववियुका उम्मेदवार आनन्द कुमार सिंहको ५८६ र नेपाल विद्यार्थी संघकी उम्मेदवार अविशिखा न्यौपानेको ५८४ मत आएको छ। दुई मतको फरकले आनन्दले जित हासिल गर्नुभएको हो ।
सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपानेले ६३८ मत ल्याएर जित हासिल गर्नुभएको छ । नेविसंघका पारस खड्काले ५२९ मत प्राप्त गर्नुभएको छ ।
कोषाध्यक्षमा अनिलकुमार साहले ६२९ मत ल्याएर जित हासिल गर्नुभएको छ भने सुमन वलीले ५३३ मत ल्याउनुभएको छ ।
सदस्यहरुमा अनेरास्ववियुकै उम्मेदवार प्रतिभा आचार्य ६३९, वीरेन्द्र कुँवर ६६१, सोमराज गिरी ६१९, युवराज पौडेल ६२८, अनुप सुवेदी ६६३, रितेशकुमार साह ५७९ र अशोक साहले ५७९ मत ल्याएर जित हासिल गर्नुभएको छ ।
निर्वाचनमा प्रत्यक्षतर्फ ११८१ मत खसेको थियो। जसमध्ये ११७९ मत सदर र २ मत बदर भएको थियो।
समानुपातिकतर्फ अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
