
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी नोविना बस्नेत सभापतिमा विजयी हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा उहाँ झण्डै दोब्बर मतान्तरले विजयी हुनुभएको हो ।
नोविनाले २१७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार धनुष विश्वकर्माले १३३ मत मात्र ल्याउनुभएको छ । नोविनासहित अनेरास्ववियु प्यानल नै विजयी भएको हो ।
यसैगरी, सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय विजयी हुनुभएको छ । सदस्यहरुमा कन्चन सापकोटा, सीमा केसी, विन्जना केसी मन्जुशा न्यौपाने र अविषा कार्की विजयी हुनुभएको छ । महाराजगन्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेकामा १ मत बदर भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

