
जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजामती कर्मचारी अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
अस्पताल व्यवस्थापनले कर्मचारीको वृद्धि विकास स्थायित्वको सुनिश्चित नगरी पदपूर्ति लागि अन्याय हुने गरी विज्ञापन छापेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।
अस्पतालका विभिन्न कर्मचारी संगठनहरुले व्यवस्थापन पक्षसँग ६ बुँदे माग राखेका छन । उनीहरुले कार्यकारी निर्देशकले राजिनामा दिनुपर्ने, पदपूर्तिका लागि खोलिएको विज्ञापन तत्काल खारेज गर्नुपर्ने, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीहरुको स्थायीत्व सुनिश्चित गर्नुपर्ने, नियमावली संसोधन गरी कर्मचारीहरुको तहगत बढुवा गर्नुपर्ने, रिक्त दरबन्दीमा नयाँ ओ एण्ड एम गरेर मात्र विज्ञापन गर्नुपर्ने र दैनिक ज्यालादारी र सेसनमा नयाँ नियुक्ती बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् ।
अस्पताल व्यवस्थापनले जाहेज माग पुरा नगरे सोमबार प्रशासनमा तालाबन्दी गर्ने र मंगलबारबाट २४ घण्टे रिले अनसन बस्ने निजामती कर्मचारी अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले जानकारी दिनुभयो ।
व्यवस्थापन पक्षले एकलौटी रूपमा पदपुर्तीसम्बन्धि विज्ञापन निकालेकाले त्यसको विरोधका लागि आन्दोलनमा उत्रिनु परेको उहाँको भनाई छ ।
निजामती कर्मचारी अस्पताल कर्मचारी संघ, डाक्टर्स एसोसिएसन अफ निजामती हस्पिटल, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ निजामती अस्पताल कर्मचारी एकाइ संयुक्त रूपमा विज्ञप्ति निकाल्दै आन्दोलनमा उत्रिएका हुन्।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
