
जनस्वास्थ्य सरोकार, चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्यालीको आयोजना गरिएको हो ।
अस्पताल प्राङ्गणबाट शुरु भएको साइकल र्याली दीपेन्द्रचोक, लायन्सचोक, पुल्चो हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो । उक्त र्याली पुनः कलेज प्राङ्गणमा आएर समापन भएको थियो ।
र्यालीमा सहभागीहरुले मुख स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । हरेक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

