
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघले निजामती कर्मचारी अस्पतालमा चिकित्सक नियुक्तिमा तहगत घटुवा भएको भन्दै आपत्ति जनाएको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पतालले एमडी/ एमएस र एमडिएस चिकित्सकलाई तहगत रुपमा घटुवा गरेर आठौं तहमा कर्मचारी भर्ना गर्न लागिएको विषयमा आपत्ति जनाएको हो । अस्पतालले फागुन ३० गते स्थायी पदपूर्तिका लागि सूचना निकालेको थियो।
उक्त सूचनामा एमडी / एमएस र एमडिएस पास भइसकेका चिकित्सकलाई पनि मेडिकल अफिसरका रुपमा आठौं तहमा भर्ना गर्न खोजिएको छ। संघले उक्त कार्य कानुन विपरित रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
‘स्वास्थ्य सेवा ऐन २०५३ र कार्यविधि २०५५ को दफा ८ को उपदफा १ को खण्ड च र छ बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति गरिने पदका लागि अनुसूची ६ मा उल्लेखित एमडीरएमएसरएमडिएस पश्चातका चिकित्सकहरुलाई ९औं र ११औं तह हुने नियमलाई लत्याउँदै विगत लामो समयदेखि स्थायी, अस्थायी करार र ज्यालादारीमा कार्यरत चिकित्सकहरुको स्थायीत्वमा असर पर्ने गरी छापिएको विज्ञापनमा एमडीरएमएसरएमडिएस चिकित्सकहरुलाई तहगत रुपमा घटुवा गरेर आठौं तहमा भर्ना खोल्ने प्रचलित कानुन विपरित भएको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
