
जनस्वास्थ्य सरोकार, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला उपचार केन्द्रले मगङ्लबारदेखि श्वासप्रश्वासका विशेषज्ञ चिकित्सकसहित सेवा सुरु गरेको छ।
तेह्रौँ गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङबाट उपचार गरी उक्त सेवा सञ्चालनमा ल्याइएको हो। बिहान १० बजेदेखि ४ बजेसम्म नागरिकलाई सेवा प्रदान गरिने केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले सुरुमा श्वासप्रश्वास जाँच गर्ने स्पाइरोमिटर रहेको र आवश्यक उपकरण जडान गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो । ‘यसअघि सामान्यरूपमा उपचार गर्दै आए पनि आजदेखि उद्देश्यअनुरूपको कार्यको थालनी गरेका छौँ’ उहाँले भन्नुभयो–‘अब श्वासप्रश्वाससम्बन्धीका बिरामीले पोखरा, चितवन र काठमाडौँ धाउनुपर्दैन।’
हाल उक्त केन्द्रमा १० विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २० जनासहित एक सय चिकित्सकले सेवा प्रदान गर्दै आएका छन्। एनेस्थेसिया, हाडजोर्नी, सर्जन, स्त्रीरोगलगायतका विशेषज्ञ चिकित्सक उक्त केन्द्रमा रहेका छन्। दश शय्या आइसियुसहित ५० शय्या क्षमताको अस्पतालमा दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्।
जीपी कोइराला उपचार केन्द्रको स्वामित्वमा सात सय ४० रोपनी क्षेत्रफल जग्गा रहेको बताइएको छ। रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
