
जनस्वास्थ्य सरोकार, धनगढी । कैलालीमा पुनः डेङ्गुको संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले चार जनामा डेङ्गुको संक्रमण देखिएको बताउनुभयो । नमुना परिक्षण गर्दा उनीहरू डेङ्गु सङ्क्रमणको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । फागुन महिनामै धनगढीमा १, गोदावरी २ र टिकापुरमा १ जनामा डेङ्गुका बिरामी भेटिएको प्रमुखको धामीको भनाई छ।
डेङ्गुको संक्रमण देखिएपछि अहिलेदेखि नै स्वास्थ्य सतर्कता अपनाउ थालिएको छ । डेङ्गुको महामारी फैलिन नदिनका लागि डेङ्गुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनको तयारी भइरहेको प्रमुख धामीले बताउनुभयो ।
कैलालीमा गत मङ्सिरसम्म ४ सय ४२ जनामा डेङ्गुको संक्रमण देखिएको सरकारी तथ्याङ्क देखिन्छ । लामखुट्टेको टोकाईबाट डेङ्गु लाग्ने गर्दछ । यसबाट बच्नका लागि लामखुट्टेको बासस्थान तथा वरिपरि सरसफाइ गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्ने लगायतका सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
