
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मौसम परिवर्तनसँगै यतिबेला मौसमी फ्लुको जोखिम बढेको छ । अझ केहि साता यता भारतमा देखिएको फ्लु एचथ्री एनटु नेपालमा पनि सक्रिय हुन थालेको छ । जसका कारण यो भाइरसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुग्नेको संख्या समेत बढ्न थालेको छ ।
मौसम परिवर्तनसँगै फ्लुका विरामी बढ्नु समान्य मानिन्छ । यतिबेला ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने जस्ता समस्या लिएर अस्पताल पुग्ने विरामीको संख्या पनि बढेको छ ।
यस्ता स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने मध्ये कतिपयमा फ्लु ‘ए’ र ‘बी’ दुवै पुष्टि भएको छ । तर एचथ्री एनटु नयाँ भाइरस भने अहिलेसम्म देखिएको छैन । ए, बी, सी र डी गरी चार प्रकारका फ्लु हुने गर्दछ ।
विभिन्न प्रकारका फ्लुले गराउने स्वास्थ्य जटिलता पनि फरक फरह हुने गर्दछ । तर ए र बी फ्लुले भने मानव स्वास्थ्यमा बढी दिने असर गर्ने गरेको चिकित्सकहरुको भनाई छ ।
केही दिनयता भारतमा एचथ्री एनटु फ्लु तीब्र रुपमा फैलिँदै गएको छ । एचथ्री एनटु फ्लुको कारणले भारतमा नागकिको मृत्यु भएको समेत भारतीय संचार माध्यमले जनाएका छन् ।
नेपालमा पनि सन् २०२३ को सुरुवातदेखि एचथ्री एन टु फ्लु भाइरस सक्रिय रुपमा रहेको पाइन्छ । यो भाइरसलाई लिएर खासै चिन्ता गर्नु नपर्ने तर जोखिम उमेर समूहहरुले भने सावधानी अपनाउन आवश्य भएको चिकित्सहरुको भनाई छ ।
पछिल्लो समय रुघाखोकी, ज्वारो, घाँटी दुख्ने, पखाला लाग्ने जस्ता समस्या केहि बढेको छ । तर यस्ता लक्षण देखिँदैमा एचथ्री एनटु फ्लु नै हो भनेर यकिन गर्न सकिदैन ।
जसका लागि परीक्षण आवश्यक छ । भाइरसबाट बच्न कोराना भाइरसमा जस्तै स्वास्थ्य मापदण्ड अपनाउनु आवश्यक छ । साथै जोखिम समूहका जेष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिलाहरु फ्लु भाइरसको उच्च जोखिम भएकाले यस्ता समूहले फ्लु विरुद्धको खोप लगाउन आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
