
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको थियो । दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएपछि अहिले पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा–वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको छ ।
वडास्तरदेखि नै छुट बच्चाको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।
“पूर्णखोप कार्यक्रमका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ”, उहाँले भन्नुभयो, “वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।”
वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रमुख, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधिलगायतको उपस्थितिमा सबैजसो वडामा ‘खोज र खोप’ अभियानबारे छलफल र अन्तक्र्रिया भइसकेको बस्नेतले जानकारी दिनुभयो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
