
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ संघले निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति आपत्ति जनाएको छ।
अस्पतालको जनशक्ति मागको सुचनाले कर्मचारीहरुको मनोबल गिराएको भन्दै सो विज्ञापन खारेज गरी सबै समस्या सम्बोधन हुने गरी पुनः विज्ञापन प्रकाशित गर्न संघले माग गरको छ।
संघले एक विज्ञप्ति जारी गर्दै संघको माग बमोजिम पुनः विज्ञापन नगरिएमा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ ।
अस्पतालमा लामो समयदेखि कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन आन्दोलनरत नर्स लगायत स्वास्थ्यकर्मीहरुको मागहरु यथाशिघ्र सम्वोधन गरी आउँदा दिनहरुमा मागहरु राखि आन्दोलन गर्नुपर्ने वातावरणको अन्त्य गर्न पनि माग गरिएको छ।
।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


