
जनस्वास्थ्य सरोकार, तनहुँ । व्यास नगरपालिका – २ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ । विद्यालयले आन्तरिक स्रोतबाट स्थास्थ्यकर्मीको व्यवस्था गरी छात्रछात्राको प्राथामिक उपचार सुरु गरेको हो ।
यसका लागि नर्स सुनिता जोशीलाई नियुक्त गरेको छ । सरकारी सुविधा सरह तलब प्रदान गरी विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मी राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिनुभयो ।
विद्यार्थी घाइते भएमा, बिरामी भएको अवस्थामा विद्यालयमै प्राथामिक उपचार सेवा प्रदान गर्न विद्यालयले चिकित्सकको व्यवस्था गरेको हो । उहाँले भन्नुभयो–“विद्यार्थीमा जटिल किसिमका अवस्था भएमा अभिभावकलाई बोलाएर जिम्मा लगाइ अस्पतालसम्म पुयाउने व्यवस्था मिलाइएको छ ।”
विद्यालयमा दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । रासस
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

