
जनस्वास्थ्य सरोकार, चितवन । सरकारले भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पतालको रुपमा संचालन गर्न सहमति दिने निर्णय गरेको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भरतपुर अस्पताललाई न्याम्सको कार्यक्रम सञ्चालन गर्ने आंङ्गिक क्याम्पस (शिक्षण अस्पताल) को रुपमा अघि बढाउने निर्णय गरेको हो ।
अब भरतपुर अस्पतालको नाममा विद्यार्थी भर्ना गर्ने गरेर क्याम्पस सहितको शिक्षण अस्पताल हुनेछ । न्याम्स अन्तरगत वीर र भरतपुर अस्पताल हुनेछ ।
‘अब न्याम्सले भरतपुरलाई फ्याकल्टि दिएपछि चिकित्सा शिक्षा आयोगले तीन वर्षे रेजिडेन्सी भर्नाका लागि विषय अनुसारको कोटाहरु उपलव्ध गराउँछ,’ अस्पतालका पूर्व अध्यक्ष डा भोजराज अधिकारीले भन्नुभयो । उहाँले १२ वर्ष अघि देखिको आफ्नो सपना पुरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
भरतपुर अस्पताल अहिले केन्द्रीय अस्पतालको रुपमा संचालनमा छ । शिक्षण अस्पताल बनाउन माग गर्दै वर्तमान अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. कृष्णप्रसाद पौडेल, निवर्तमान अध्यक्ष डा. भोजराज अधिकारीलगायतको प्रतिनिधि टोलीले केही दिन पहिले प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर भेट गरेको थियो ।
अस्पतालका अध्यक्ष राजु पौडेलले शिक्षण अस्पताल बनेसंगै एमडी र एमएस सहित विभिन्न विधामा अध्यापन गराई नेपालकै उत्कृष्ट अस्पताल बनाउने सपना रहेको बताउनुभयो ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


