
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आफू मातहतका अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको आचारसंहिताको उल्लङ्घन हुने गरी कुनै पनि चिकित्सकले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गरेको प्रमाणित भएमा कारवाही गर्ने चेतावनी दिएको हो ।
नेपाल स्वास्थ्य ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को नियम २२ मा भएको चिकित्सकको आचारसंहिताको उल्लघंन हुने गरी कुनै कार्य गर्न नहुने व्यहोरा सम्बिन्धित सबै चिकित्सकहरुलाई मन्त्रालयले सूचित गरेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

