
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो ।
यो अवधिमा १७ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्याङ्क मात्र समावेश गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

