
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
शपथ ग्रहण गर्नेहरूमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा.प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकास मन्त्रीका रुपमा सीता गुरुङ हुनुहुन्छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, नेकपा (एकीकृत समाजवादी)का वेदुराम भुसालले कृषि तथा पशुपक्षी विकास मन्त्री र प्रकाश जवालाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा शपथ लिनुभएको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
स्वास्थ्य मन्त्रालय भने अझै मन्त्रीबिहीन बनेको छ। स्वास्थ्य कांग्रेसको भागमा परेको पनि मन्त्री नियुक्ती हुन सकेको छैन।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
