
जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका दीर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण सुरु गरेको छ । सुगर, प्रेसर, दम र मानसिक रोगीहरूका लागि गाउँपालिकाले निःशुल्क औषधी दिन सुरु गरेको हो ।
गाउँपालिकाले सुनकोशी–५ सुनखानीबाट निःशुल्क औषधी वितरणको औपचारिक सुरुवात गरेको छ । दीर्घरोगीहरुले सेवन गर्दै आउनुभएको औषधी प्रदान गर्दै गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरण सुरु गर्नुभयो ।
गाउँपालिकाले औषधी वितरणसँगै एक दिनको वृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीहरुलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । त्यही निवेदनका आधारमा गाउँपालिकाभरका ४ सय बढीलाई अब पालिकाले निःशुल्क औषधी उपलब्ध गराउने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
न्यूनतम एक हजारदेखि बढीमा २० हजार रुपियाँ सम्मको मासिक औषधी सेवन गर्ने बिरामीहरू गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
