
जनस्वास्थ्य सरोकार, काभ्रे । काभ्रेपलाञ्चोकमा पुनः डेंगी र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल ३ का ५१ वर्षीया एक महिलामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । परीक्षणपछि हाल उन घरमै स्वास्थ्यकर्मीको निगरानीमा छन् । हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताउनुभयो ।
जिल्लामा तीन वर्षपछि पाँचखालमा डेंगीको सङ्क्रमण देखिएको थियो । डेंगी रोग लाग्ने व्यक्तिलाई अचानक उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विबिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिने सेढाईँको भनाइ छ । जिल्लामा हालसम्म छ सय ८० मा डेंगीको सङ्क्रमण देखिएको हो ।
कार्यालयका अनुसार जिल्लामा शुक्रबार १८ जनाको कोभिड परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेढार्इँका अनुसार बनेपा नगरपालिका ३, पनौती नपा २ र नमोबुद्ध नपा २ मा कोभिड पुष्टि भएको हो । जिल्लामा हालसम्म १८ हजार एक सय ५९ मा कोभिड पुष्टि भएको छ भने एक सय ९६ जनाले ज्यान गुमाइसकेका छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
