
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरमा तेस्रो क्यान्सर सचेतना र्याम्प शो हुने भएको छ ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा तेस्रो र्याम्प शो हुन लागेको हो ।
आगामी चैत २३ गते हुने उक्त र्याम्प शोमा विभिन्न उमेर समुहका ६० जना क्यान्सर विजेताहरुले सहभागिता जनाउने तेस्रो क्यान्सर सचेतना र्याम्प शोकी संयोजक स्वरुपा श्रेष्ठले जानकारी दिनुभयो ।

क्यान्सर रोग लाग्नु मृत्युको मुखमा पुग्नु हो र नेपालमा क्यान्सर रोगको उपचार सम्भव छैन भन्ने भ्रमलाई चिर्न क्याक्सर विजेताहरुलाई र्याम्प शो फलदायी हुने उहाँको भनाई छ ।
‘समयमै उपचार गरे क्यान्सर रोग निको हुनुका साथै सामान्य जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिन तेस्रो र्याम्प शो गर्न लागिएको हो ।’– उहाँले भन्नुभयो ।

ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा उक्त शो अपरान्ह ४ बजेदेखि साँझ ८ बजेसम्म हुनेछ । यसअघि पनि नेपाल क्यान्सर सर्पोट ग्रुपले दुई पटक नेपाल क्यान्सर हस्पिटलसँगको सहकार्यमा र्याम्प शो सम्पन्न गरिसकेको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
